एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, जेठ १६ : आइतबार साँझ बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बैठक सोमबार बिहान १० बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने बताइएको छ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने तामाङले बताए।
प्रकाशित मिति: १५:२४ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











