Kathmandu Press

प्रधानन्यायाधीश जबरालाई बिदामा बस्न वरिष्ठ अधिवक्ता थापाको सुझाव

काठमाडौं, जेठ १६ : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र गोविन्द बन्दीले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न  नमिल्ने...
प्रधानन्यायाधीश जबरालाई बिदामा बस्न वरिष्ठ अधिवक्ता थापाको सुझाव

काठमाडौं, जेठ १६ : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र गोविन्द बन्दीले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न  नमिल्ने बताएका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज (आइतबार) न्यायाधीशबारे नै भएको बहसक्रममा उनीहरुले यस्तो बताएका हुन्।

आइतबारको बहसमा इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको र अहिले पनि रहेको उल्लेख गर्दै न्यायाधीशहरूप्रति  ‘बायस’ नहुन अनुरोध गरे।

वरिष्ठ अधिवक्ता थापाले उनलाई बिदा बस्न सुझाव दिए। ‘मेरोबारे तपाईंको धारणा के छ?’ भनी जबराले सोध्दा जबाफमा थापाले भने, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ।’

अधिवक्ता गोविन्द बन्दीले सुरुमा इजलास गठनबारे प्रश्न उठाए। उनले संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठसमेत संलग्न इजलासले ऋषि कट्टेलको मुद्दामा नाम मिलेकोमा अर्को नाम राख भन्नू पर्नेमा त्यसो नगरेको बरु निवेदकले माग नै नगरेको विषयमा फैसला गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउने काम गरेको बताए। नेपालको ‘रेगुलर कोर्स’लाई उक्त फैसलाले बिथोल्ने काम गरेको उनको तर्क थियो।

प्रधानन्यायाधीश जबराले त्यो फैसला र यो मुद्दामा यसरी बहस गर्न नमिल्दैने बताएपछि जवाफमा बन्दीले अहिलेको स्थिति आउउनुमा  त्यो फैसलाको पनि भूमिका भएकाले सरोकार राख्ने जिकिर गरे। न्यायाधीश केसीले पनि नेकपाको एकता खारेज गर्ने फैसला पुनरावलोकन नहुने आदेश दिएकाले यो मुद्दा हेर्न नहुने दाबी उनले गरे।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशबारे प्रश्न उठ्नुलाई स्वाभाविक भएको बताए। प्रधानन्यायाधीश जबराले नेकपा विभाजनसम्बन्धी फैसला र यो मुद्दामा के सम्बन्ध छ भनी प्रश्न गरेपछि कार्कीले यस्तै प्रश्न उठ्दा अघिल्लो संवैधानिक इजलासमा एक न्यायाधीशले मुद्दा नहेरेको उल्लेख गर्दै न्यायाधीश केसी र श्रेष्ठले यो मुद्दा हेर्न नहुने तर्क गरे।

वरिष्ठ अधिवक्ता थापाले पनि इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न उठाउँदै नेकपा एकता खारेज गर्ने फैसला र अहिलेको मुद्दाको सम्बन्ध बुझाउने प्रयास गरे। 

‘फैसलाबारे लार्जेस्ट पार्टी ब्रेक गर्नुभयो। कम्युनिस्ट पार्टी ब्रेक गरेर वर्तमान प्रधानमन्त्री रहेको पार्टी लार्जेस्ट भयो र उहाँ लार्जेस्ट पार्टीको प्रधानमन्त्री हुनुभयो। चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण छ,’ थावपाले भने, ‘फेरि संसद विघटन भयो। पहिलेको विघटनमा पनि त्यही नेकपाको पक्ष र विपक्षमा छ लुकाउनुपर्ने छैन। आज पनि त्यही त छ।’

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्