Kathmandu Press

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट

काठमाडौं, जेठ १६ : भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको  छ।भारतीय र यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको उक्त भेरियन्ट हावाबाट छिट्टै फैलने अधिकारीहरू...
भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट

काठमाडौं, जेठ १६ : भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको  छ।

भारतीय र यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको उक्त भेरियन्ट हावाबाट छिट्टै फैलने अधिकारीहरू बताउँछन्।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङले पछिल्लो उत्परिवर्तनलाई शनिबार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक बताएका छन्।

स्वास्थ्यमन्त्री गुयन भन्छन्, ‘भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिएन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरियन्ट देखेको छ।’

अनलाइन पत्रिका भीएन एक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा कोरोना परीक्षण गर्दा उक्त भेरिएन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताए।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्