असंवैधानिक कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं, जेठ १६ : विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने र कानुनी लडाइँ लड्ने निर्णय गरेको...
काठमाडौं, जेठ १६ : विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारका असंवधानिक कदमबारे विज्ञप्ति नै निकालेर विरोध गर्ने निर्णय पनि गरेको छ।
बैठकमा कांग्रेसका नेताहरूसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
सरकारले ल्याएको बजेटबारे समीक्षा गर्दै बैठकले अध्यादेशबाट बजेट ल्याइनु आपत्तिजनक भएको निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूले कोरोना संक्रमणले भयावह रूप लिइरहेका बेला कसरी राजनीतिक प्रतिवाद गर्ने भन्ने विषयमा पनि छलफल गरेका थिए।











