Kathmandu Press

तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई इजलासबाट हटाउन वकिलहरुको माग

आजको सुनुवाइको सुरुमै बोल्दै कार्की र यादवले यससँग जोडिएको मुद्दामा केसी र श्रेष्ठले पहिलानै आदेश गरिसकेकाले अहिले बस्न नहुने जिकिर गरेका छन् ।
तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई इजलासबाट हटाउन वकिलहरुको माग

काठमाडौं, जेठ १६ : संसद विघटनविरुद्ध परेको रिट निवेदनमा वहस गर्दै वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की र महादेव यादवले संसद विघटन र नेकपालाई अलग गराउने फैसलामा सहभागि न्यायधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नहुने धारणा राखेका छन्। 

आजको सुनुवाइको सुरुमै बोल्दै कार्की र यादवले यससँग जोडिएको मुद्दामा केसी र श्रेष्ठले पहिलानै आदेश गरिसकेकाले अहिले बस्न नहुने जिकिर गरेका छन् । रिट निवेदकतर्फका अधिवक्ताहरुले केसी र श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने भन्दै बेञ्च पुर्नगठन गर्न माग गरेका छन्।

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्