संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं, जेठ १६ : संसद् विघटनसम्बन्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारको बहससुरु भएको छ । अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका...
काठमाडौं, जेठ १६ : संसद् विघटनसम्बन्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारको बहससुरु भएको छ । अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन् ।
संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरू भएको थियो। शुक्रबार यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। शनिबार बिदा थियो भने आज फेरि त्यहिँबाट सुनुवाइ भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।
शुक्रबारको सुनवाइमा ९ जना रिट निवेदकले बहस गरेका थिए। आज १०औं नम्बरका रिट निवेदक अर्थात सांसदहरूको रिटको पालो आउनेछ।
संसद् विघटनविरुद्ध ३० वटा रिट परेका छन्। जसमा २६ रिट संसद् पुनःस्थापन गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ। त्यस्तै, चार वटा रिटमा संसद् पुनःस्थापना गरि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ।
प्रधानमन्त्री ओलीको सिफारिशमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।











