ओली पक्षका प्रदेश सांसद बोहरालाई नेता शाहले सोधे २४ घन्टे स्पष्टीकरण
धनगढी, जेठ १६ : एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेका छन्। नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व...
धनगढी, जेठ १६ : एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेका छन्। नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग २४ घण्टे स्पष्टीकरण मागेका हुन्।
बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ।
दलका नेता शाहले बोहरासँग जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । उनलाई तथ्यगत जवाफ नदिए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने बताइएको छ ।
प्रकाशित मिति: ११:३० बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











