Kathmandu Press

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरू हुँदै

पोखरा, जेठ १६ : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुन लागेको छ। प्रदेश प्रमुखले आज दिउसो १ बजेट बजेट अधिवेशन आह्वान गरेका छन्।...
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरू हुँदै

पोखरा, जेठ १६ : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुन लागेको छ। 

प्रदेश प्रमुखले आज दिउसो १ बजेट बजेट अधिवेशन आह्वान गरेका छन्। यसका लागि प्रदेश मन्त्रिपरिषद्ले जेठ ११ गते प्रदेश प्रमुखलाई सफारिश गरेको थियो।

संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेस सरकारले बजेट ल्याउनुपर्छ। त्यसअघि प्रदेश सभामा प्रि–बजेट छलफल हुने गरेको छ। 

तर, यस पटक भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट अघि विश्वासको मत लिनुपर्ने बाध्यता छ। उनी वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। यसअनुसार मुख्यमन्त्री गुरुङले जेठ २९ गतेभित्र विश्वासको मत लिनुपर्छ। 

आज भने सामान्य कार्यसूची रहेको छ। प्रदेश सभाको आजको बैठकमा सबै दलका नेताले बोल्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्