कोरोनाबाट पाँचथरका पत्रकार भण्डारीको निधन
झापा, जेठ १६ : कोरोना भाइरसको संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा...
झापा, जेठ १६ : कोरोना भाइरसको संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।
शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जनाकारी दिए। पाँचथरको हिलिहाङ गाउँपालिका–५ का भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोराछोरी छन्।
कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी सोही एकेडेमीमा अध्यापन पनि गर्दै आएका थिए।
प्रकाशित मिति: ०८:२५ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











