Kathmandu Press

इराकसँग नेपाल ६-२ गोलले पराजित 

काठमाडौं, जेठ १६ : इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको छ। इराकको बस्रास्थित अल फायना स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले २ गोल...
इराकसँग नेपाल ६-२ गोलले पराजित 

काठमाडौं, जेठ १६ : इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको छ। 

इराकको बस्रास्थित अल फायना स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले २ गोल गरेको थियो। त्यतिबेला इराकले ४ गोल गरेको थियो। 

खेलको सातौं मिनेटमा इराकका अला अब्दुल जाहरा खासिनले फ्रि–किकमा गोल गरेका थिए। नवौं मिनेटमा नेपालले बराबरी गरेको थियो। नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए।

खेलको २९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए। त्यसको १० मिनेटपछि इराका मोहम्मद अब्दुलजाहराले गोल फर्काए। 

त्यस लगत्तै इराकका अयेन हुसेनले गोल गरे। इराकले ३–२ को अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए।

दोस्रो हाफमा इराकले दुई गोल थप्यो। ६७औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले र ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गरे। योसँगै इराकले नेपालविरुद्ध ६–२ को अग्रता लिँदै जित हासिल ग¥यो। 

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्