निजामती कर्मचारीको तलब कसको कति पुग्यो ?
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजारले बढाएको छ । सरकारले आ.व. २०७८/८९ साउन १ गतेदेखि लागू हुने गरी...
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजारले बढाएको छ । सरकारले आ.व. २०७८/८९ साउन १ गतेदेखि लागू हुने गरी सबै निजामती कर्मचारीको तलब मासिक दुई हजारले तलब बढाएको हो ।
निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियनले २५ देखि ३५ प्रतिशत तलबवृद्धिको माग गरेपनि मासिक दुई हजारले बढाउने निर्णय गरेका हुन् । यस्तै निजामती कर्मचारीलाई १० लाख दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा गरिने भएको छ ।
स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गरिने भएको छ ।
नयाँ तलबअनुसार ६७१४०, सचिवको ६२६८०, सहसचिवको ४९३८०, उपसचिवको ४२३८० र शाखा अधिकृत ३७९९० पुगेको छ । त्यस्तै नायब सुब्बाको ३०२००, खरिदारको २८६१० र कार्यालय सहयोगीको २८५७० पुगेको छ ।











