रोहितलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं, माघ १३ : कीर्तिमानी अर्धसतक बनाएका रोहित पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
आईतबार ट्वीट गरेर प्रधानमन्त्री ....

काठमाडौं, माघ १३ : कीर्तिमानी अर्धसतक बनाएका रोहित पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
आईतबार ट्वीट गरेर प्रधानमन्त्री ओलीले रोहितलाई बधाई दिएका हुन् । उनले ट्वीटमा भनेका छन, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।’
शनिबार भएको यूएईसँगको खेलमा रोहितले कम उमेरमा अर्धसतक बनाउने कीर्तिमान कायम गरेका थिए । यस अघि यो रिकर्ड सचिन तेन्दुलकर र साहिद अफ्रिदीको नाममा थियो ।
प्रधानमन्त्री केपी शर्मा अाेलीकाे ट्वीट
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।
— KP Sharma Oli (@PM_Nepal) January 27, 2019










