कर्मचारीको तलब दुई हजार रुपैयाँ बढ्यो
सरकारले निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाएको छ ।
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाएको छ ।
आव ०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार सबै निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाइएको हो ।
प्रकाशित मिति: १८:२४ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











