तीनकुने–जडीबुटी सुरूङमार्गका लागि १ अर्ब ८० करोड, तीन ठाउँमा फ्लाइओभर
काठमाडौं, जेठ १५ : सरकारले काठमाडौंको तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्याएको छ।त्यहाँ हुने जाम हटाउन सुरूङ मार्ग बनाउन...
काठमाडौं, जेठ १५ : सरकारले काठमाडौंको तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्याएको छ।
त्यहाँ हुने जाम हटाउन सुरूङ मार्ग बनाउन बजेट घोषणा गरिएको हो।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै चक्रपथमाका व्यस्त तीन स्थान सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने बताए।
यस्तै दुई वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र सञ्चालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए।
प्रकाशित मिति: १८:१८ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











