रेलमार्गका लागि १० अर्ब तीन करोड विनियोजन
अर्थमन्त्री विष्णु पौडेलले देशभरका रेलमार्गका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले देशभरका रेलमार्गका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
जयनगर–कुर्था–जनकपुर–बर्दिवास रेलमार्ग सञ्चालनमा ल्याउने उनले बताए । यस्तै, जोगवनी–विराटनगर रेलमार्ग पनि सञ्चालनमा ल्याइने बताए ।
काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाइने बताए । रसुवागढी–काठमाडौं रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिने उल्लेख गरे ।
प्रकाशित मिति: १८:०६ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











