Kathmandu Press

शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट

 काठमाडौं, जेठ १४ : सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।यो चालु आर्थिक वर्षका लागि...
शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट

 काठमाडौं, जेठ १४ : सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।

यो चालु आर्थिक वर्षका लागि छुट्यायएको बजेटभन्दा ९ अर्बभन्दा बढी हो । यतिखेर शिक्षाको १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७/७९ को बजेट प्रस्तुत गर्दै पाठ्यक्रम विकास, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति, शैक्षिक पूर्वाधारका लागि उक्त बजेट विनियोजन गष्रेका हुन्।

एक विद्यालय एक स्वास्थ्यकर्मी, सबै विद्यार्थीको स्वास्थ्य जाँच, इन्टरनेटको व्यवस्था, दिवा खाजा कार्यक्रम अगाडि बढाइने भएको छ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ। 

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्