सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब र भेरी बबईलाई ३ अर्ब बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड र भेरी बबई डाइभर्सनको लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ।
सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सिक्टाइ सिँचाइ आयोजनाका लागि १ अर्ब ५६ करोड र रानीजमरा सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट दिइएको छ ।
महामाली सिँचाइ आयोजनाका लागि १ अर्ब २५ करोड, बबई सिँचाइ आयोजनाका लागि १ अर्ब ४४ करोड र अन्य साना सिँचाइ आयोजनाका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: १७:२६ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











