०८८ सालसम्ममा पेट्रोलियम पदार्थका सवारी साधनलाई विस्थापन गरिने
काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनलाई प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छन् ।०८८ सालसम्म पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन...
काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनलाई प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छन् ।
०८८ सालसम्म पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने कार्यक्रम उनले घोषणा गरे ।
पेट्रोलियम पदार्थका सवारी साधनलाई विद्युतीय साधनमा परिणत गरेबापत पाँच वर्षसम्म भन्सार महशुल, सडक दस्तुरलगायत छुट दिइने उनले बताए ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा कडाइ गरेका थिए । सरकारले त्यसको कोर्स करेक्सन गरेको छ ।
विद्युतीय सवारी साधन बनाउने विश्वका १० वटा उत्कृष्ट ब्रान्डलाई नेपालमा उद्योग खोल्न सहुलियत प्रदान गरिने उनले बताए ।
प्रकाशित मिति: १७:१४ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











