रासायनिक मल कारखाना खोल्न १२ अर्ब बजेट
काठमाडौं, जेठ १५ : सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै रासायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: १७:०३ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











