स्वास्थ्य क्षेत्रका लागि छुट्टयाइयो ९० अर्ब ६९ करोड
काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट...काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै कोरोना खोपका लागि २६ अर्ब ७५ करोड र कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याइएको जनाएका छन्।
त्यस्तै औषधि खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको छ। राजधानीमा ३०० शय्या र प्रदेशमा ५०/५० शैयाको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड छुट्टयाइएको छ।
स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, गर्ी १२ हजार पु¥याइएको छ। स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड छुट्याइएको छ।
प्रकाशित मिति: १६:५० बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











