Kathmandu Press

ज्येष्ठ नागरिकको भत्ता तीन हजारबाट चार हजार

अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको भत्ता तीन हजारबाट चार हजार पुर्या‍इने बताएका छन् ।
ज्येष्ठ नागरिकको भत्ता तीन हजारबाट चार हजार

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको भत्ता तीन हजारबाट चार हजार पुर्‍याइने बताएका छन् ।

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिनाका पर्यटकीय भिसा निःशुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख रोजगारी सिर्जना गर्न १२ अर्ब विनियोजन गरिएको छ । प्रशिक्षार्थी कामदारका लागि तीन महिनाको तलबभत्तावापत एक अर्ब रुपैयाँ उपलब्ध गराइने भएको छ ।

सबै कर्मचारीलाई १० दिनको पर्यटकीय भत्ता उपलब्ध गराइने घोषणा अर्थमन्त्री पौडेलले गरे । निजी क्षेत्रका कर्मचारीका लागि पनि उक्त रकम उपलब्ध गराउन प्रेरित गरिने बताए ।

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्