Kathmandu Press

प्रदेशलाई ५७ अर्ब, स्थानीय तहलाई ९७ अर्ब : अर्थमन्त्री पौडेल

आर्थिक वर्ष ०७८–७९ मा सरकारले प्रदेशहरूका लागि ५७ अर्ब ९५ करोड रुपैयाँ समानीकरण अनुदान वितरण गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए । 
प्रदेशलाई ५७ अर्ब, स्थानीय तहलाई ९७ अर्ब : अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १५ : आर्थिक वर्ष ०७८–७९ मा सरकारले प्रदेशहरूका लागि ५७ अर्ब ९५ करोड रुपैयाँ समानीकरण अनुदान वितरण गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए । 

यस्तै, स्थानीय तहहरूलाई ९७ अर्ब ५६ करोड अनुदान दिइने उनले बताए । 

केन्द्र र प्रदेशमा सरुवा रोग अस्पताल स्थापनाका लागि एक अर्ब ३० करोड रुपैयाँ छुट्याइएको उनले बताए ।

स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । ती अस्पताल दुई वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

स्थानीय तहका स्वास्थ्यकर्मीका लागि यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार रुपैयाँ विनियोजन गरिएको बताए ।

तीनवटा प्रदेशका नौ जिल्लामा पाठेघरको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।


 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्