चालु आर्थिक वर्षमा चार प्रतिशत मात्र आर्थिक वृद्धिः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ०७७–७८ को आर्थिक वृद्धिदर चार प्रतिशतको हाराहारीमा रहने बताएका छन् ।
काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ०७७–७८ को आर्थिक वृद्धिदर चार प्रतिशतको हाराहारीमा रहने बताएका छन् ।
कोभिड–१९ को महामारीका कारण उल्लेख्य आर्थिक वृद्धि हासिल हुन नसकेको उनले उल्लेख गरे । कोभिड–१९ को दोस्रो लहरका कारण आर्थिक परिसूचकमा प्रभाव पर्ने सम्भावना रहेको उनले बताए ।
प्रकाशित मिति: १६:१७ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











