मन्त्रिपरिषद्ले स्वीकृत गर्यो बजेट, प्रमाणीकरण गर्दै राष्ट्रपति
काठमाडौं, जेठ १५ : आज अपरान्ह ४ बजे घोषणा हुन लागेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।बिहान ११ बजे बसेको...
काठमाडौं, जेठ १५ : आज अपरान्ह ४ बजे घोषणा हुन लागेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
बिहान ११ बजे बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बजेट प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमझ पठाइएको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश गर्नु अनिवार्य हो । सोही व्यवस्था अनुसार अध्यादेशमार्फत भए पनि बजेट घोषणा गर्न लागेको सरकारले जनाएको छ।
प्रकाशित मिति: १४:२५ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











