Kathmandu Press

नयाँ खिलराजको उदय गराउने प्रयास भइरहेको छ : भुसाल

काठमाडौं, जेठ १५ : एमाले नेता घनश्याम भुसालले नेपालमा पुनः नयाँ खिलराज रेग्मी जन्माउने प्रयास भइरहेको बताएका छन् । नेता भुसालले सामाजिक सञ्जाल फेसबुमा...
नयाँ खिलराजको उदय गराउने प्रयास भइरहेको छ : भुसाल

काठमाडौं, जेठ १५ : एमाले नेता घनश्याम भुसालले नेपालमा पुनः नयाँ खिलराज रेग्मी जन्माउने प्रयास भइरहेको बताएका छन् । नेता भुसालले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै नयाँ खिलराजको उदय गराउने र नयाँ संविधानको कोर्सतिर मुलुकलाई लैजाने प्रयास भइरहेको उल्लेख गरेका छन्।

‘नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नै एमाले र माओवादी ब्यूँताइने छ र तपाईंहरुलाई विभाजित गरिने छ । संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिने छ,’ आफूलई एक नेताले भनेको कुरा स्मरण गर्दै भुसालले लेखेका छन्, ‘तर, निर्वाचन हुने छैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुने छन् । त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन, त्यसपछि कमरेड केपी ओलकिो उपादेयता सकिने छ । नयाँ खिलराजको अभ्यास हुनेछ।’

गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, नेपाल कम्युनिष्ट पार्टीको एकता भंग, संसद् विघटन र मध्यावधि चुनावको घोषणा संविधान असफल बनाउने षडयन्त्रअन्तर्गत भइरहेको भुसालको निष्कर्ष छ। 

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको पनि भुसालले स्वीकार गरेका छन् । उनले संविधान र राजनीतिका लागि आफूले संसदीय मर्यादा उल्लंघन गरेको बताएका छन् । आफ्नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा भएको बताउँदै नेता भुसालले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्