Kathmandu Press

मिलन लामाले ल्याए नयाँ गीत ‘कल्ले चलायो हाम्रो माया’ (भिडियोसहित)

काठमाडौं, असार ६ : चर्चित लोक गायक मिलन लामा केहि समयको बिश्रामपछि नयाँ गीत लिएर आएका छन्।

गीतको शब्द तथा संगीत संकलन रहेको ‘कल्ले चला....

मिलन लामाले ल्याए नयाँ गीत ‘कल्ले चलायो हाम्रो माया’ (भिडियोसहित)

काठमाडौं, असार ६ : चर्चित लोक गायक मिलन लामा केहि समयको बिश्रामपछि नयाँ गीत लिएर आएका छन्।

गीतको शब्द तथा संगीत संकलन रहेको ‘कल्ले चलायो हाम्रो माया’ गीतमा संगीत संयोजन भने कृष्ण बिके ‘भान्जा’को रहेको छ। यसलाई गायक लामानै निर्देशन गरेका छन्।

उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चितवनको लोथरमा छायांकन गरिएको छ।

यसमा मिलन लामा, सगुन श्रेष्ठ, रिना थापा मगर, रबिन्द्र तितुङ, प्रविन डल्लाकोटी र आभास लामाको अभिनय रहेको छ।

गीतमा माया प्रेमको कुरा गरिएको छ। ‘दहीजस्तो जमेको हाम्रो माया कल्ले चलायो’ भन्दै गीतको भिडियोलाई रमाइलो तरिकाले निर्माण गरिएको छ।

लामाले ‘हङकङ आइडीले’, ‘कृष्ण भिरमा जाम,’ ‘माझी दाइ पोखरा फेवातालको’ लगायतका थुपै चर्चित गीतहरु नेपाली सांगितिक क्षेत्रलाई पस्किसकेका छन्।

प्रविन भट्टले सम्पादन छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्