ठाकुर, महतो र शुक्लासहितका नेतालाइ दोस्रोपटक स्पष्टीकरण पत्र
काठमाडौं, जेठ १५ : जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रोपटक स्पष्टीकरण पत्र पठाएको छ ।चारै नेताले स्पष्टीकरण नबुझाएपछि आज...
काठमाडौं, जेठ १५ : जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रोपटक स्पष्टीकरण पत्र पठाएको छ ।चारै नेताले स्पष्टीकरण नबुझाएपछि आज फेरि स्ष्टीकरण माग्दै पत्र पठाइएको हो।
उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो।
‘जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नबएकोले दोस्रो पटक पुनस् यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ,' पत्रमा भनिएको छ।
पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो जवाफ नपठाएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।
यस अघि ठाकुरले यादवलाई पार्टी निर्णय विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।












