Kathmandu Press

ग्यास बुलेटले ट्रकलाई ठक्कर दिँदा पृथ्वीराजमार्ग बन्द

काठमाडौं, जेठ १५ : तनहुँको व्यासमा ग्यास बुलेटले मालबाहक ट्रकलाई ठक्कर दिदाँ पृथ्वीराजमार्ग बन्द भएको छ ।पृथ्वीराजमार्ग अन्तर्गत व्यास नजिकै कमलबारी भन्ने ठाउँमा एकै...
ग्यास बुलेटले ट्रकलाई ठक्कर दिँदा पृथ्वीराजमार्ग बन्द
तस्बिर सौजन्यः युवराज हमाल

काठमाडौं, जेठ १५ : तनहुँको व्यासमा ग्यास बुलेटले मालबाहक ट्रकलाई ठक्कर दिँदा पृथ्वीराजमार्ग बन्द भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नजिकै कमलबारी भन्ने ठाउँमा एकै दिशाबाट आईरहेको जिजे ०६ एयू ०१९७ नम्बरको ग्यास बुलेटले ग १ ख ७१०१ नम्बरको मालबाहक ट्रकलाई ठक्कर दिँदा ग्यास बुलेट सडकमा पल्टिदा सडक अबरुद्ध भएको हो । 

पोखरा जाँदै गरेको ग्यास बुलेटको ब्रेक फेल भई सोही दिशातर्फ जाँदै गरेको मालबाहक ट्रकलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सनाले जानकारी दिए ।

बिहान करिब ९ः४५ बजेतीर भएको दुर्घटनापछि सडकमा पल्टिएको ग्यास बुलेटलाई हटाउने कार्य जारी रहेकाले केहि समयपछि सडक सुचारु हुने उनले बताए । दुर्घटनामा घाइते भएका ट्रकका चालकलाई उपचारका लागि दमौली लगिएको छ ।

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्