Kathmandu Press

झापा संघर्षका नेताहरू गणतन्त्रको पक्षमा थिएनन् : गौतम

काठमाडौं, जेठ १५ : एमाले उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका नेताहरू गणतन्त्रको पक्षमा नभएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै गौतमले राजतन्त्रको अन्त्य...
झापा संघर्षका नेताहरू गणतन्त्रको पक्षमा थिएनन् : गौतम

काठमाडौं, जेठ १५ : एमाले उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका नेताहरू गणतन्त्रको पक्षमा नभएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको बताएका हुन्।

गौतमले शुभकामना सन्देशम लेखेका छन्, ‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो ।’

गौतमले गणतन्त्र स्थापनामा मुख्य भूमिका तत्कालिन नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दहालको रहेको बताएका छन् । उनले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्