Kathmandu Press

कोरोना खोपको पहल गर्न आग्रह गर्दै राष्ट्रपतिद्वारा बाइडेनलाई पत्र

काठमाडौं, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै अमेरिकी समकक्षी जोइ बाइडेनलाई पत्राचार गरेकी...
कोरोना खोपको पहल गर्न आग्रह गर्दै राष्ट्रपतिद्वारा बाइडेनलाई पत्र

काठमाडौं, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै अमेरिकी समकक्षी जोइ बाइडेनलाई पत्राचार गरेकी छन् ।

नेपाली राजदूत युवराज खतिवडाले राष्ट्रपतिको पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन्।

राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए।

अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जवाफ दिएको दूतावासले जनाएको छ।

प्रकाशित मिति: ११:३७ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्