Kathmandu Press

आफैंमा शक्ति केन्द्रित गर्नु लोकतान्त्रिक चरित्र होइनः नेपाल 

काठमाडौं, जेठ १४ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति...
आफैंमा शक्ति केन्द्रित गर्नु लोकतान्त्रिक चरित्र होइनः नेपाल 

काठमाडौं, जेठ १४ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन् ।

एमाले वरिष्ठ नेता समेत रहेका नेपालले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै  गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने बताएका हुन् ।

‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य-मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो । तर,  त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा  गलत मनशायका साथ पटक पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो  ’ सन्देशमा उल्लेख छ ।  

प्रकाशित मिति: २१:२७ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्