नेकपा एमाले सुदूरपश्चिमद्धारा एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई पार्टीबाट निष्कासन
काठमाडौं, जेठ १४ : पार्टीको निर्णय उल्लंघन गरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने...
काठमाडौं, जेठ १४ : पार्टीको निर्णय उल्लंघन गरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो।
स्थायी कमिटी बैठकले दिएको निर्देशन नमानेको विषयमा सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको हो ।
आज फेरि विस्तार भएको प्रदेश मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने तयारी एमाले प्रदेश कमिटीको छ।
प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

