पीजीको तयारीमा लागेकालाई महामारी विरुद्धको कार्यमा लगाऔं : नेता थापा

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पीजी (पोस्ट ग्याजुएट) को परीक्षा तत्काल सम्भव नभएकोले परीक्षा तयारीमा लागेका चिकित्सकहरुलाई कोभिड महामारी विरुद्धको कार्यमा लगाउन सरकारलाई आग्रह गरेको छ ।
थापाले आज चिकित्सा सेवा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई भेटेर कम्तीमा ४५ दिनको तयारी समय राखेर नयाँ मिति तोक्ने गरी परीक्षा स्थगित गरेर हजारौँ चिकित्सकलाई ढुक्कसंग महामारीको काममा लगाउन आग्रह गरेका हुन् ।
भेटमा उपाध्यक्ष गिरीले यो निर्णय केही दिनभित्र गर्ने प्रतिबद्धता जनाएको थापाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
नेता थापाले फेसबुकमा लेखेका छन्, ‘‘प्रधानमन्त्रीज्यू, आयोगको यो निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा ‘महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अंक थप पाउने’ नियम थपिदिनुस्। सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठुलो मद्दत पुग्नेछ।’’




-1790252522.jpg)




-1790252522.jpg)

