Kathmandu Press

पोखरा घटनापछि कांग्रेसको प्रश्न, ‘सरकार छ ? कहाँ छ ?’

काठमाडौं, जेठ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरामा अक्सिजनको अभावमाका सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद...
पोखरा घटनापछि कांग्रेसको प्रश्न, ‘सरकार छ ? कहाँ छ ?’

काठमाडौं, जेठ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरामा अक्सिजनको अभावमाका सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भन्दै उक्त घटनाले देशमा सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जिएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ एक बिज्ञप्ति जारी गर्दै समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठुलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको बताएका हुन् ।

जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको शर्माको भनाइ छ ।

‘देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो । नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ’, बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै कांग्रेसले असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न अपिल समेत गरेको छ । 


 

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्