सुदूरपश्चिममा मन्त्री हेरफेर : दुईको राजीनामा, चारको नियुक्ति
धनगढी, जेठ १४ : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर भएको छ।सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने निर्णय गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ मन्त्री नियुक्त...
धनगढी, जेठ १४ : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर भएको छ। सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने निर्णय गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ मन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूहको स्थायी कमिटी बैठकले केही समयअघि प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन निर्देशन गरेका थिए। तर प्रदेश संसदीय दलले त्यसलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ। यसलाई लिएर एमालेमा विवाद चर्किएको छ।
सुदूरपश्चिमको एमाले संसदीय दलमा नेपाल समूहका सांसदको बहुमत छ। एमालेभित्रै रस्साकस्सी चलिरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गरेका हुन्।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका हुन्। मन्त्री थपिनेमा तीनजना एमालेका छन् भने एकजना माओवादी केन्द्रका छन्।
एमालेबाट दीर्घ सोडारी भौतिक पूर्वाधार र र पूर्णा जोशी सामाजिक विकासमन्त्री बनेका छन्। एमालेकै लालबहादुर खड्का आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका छन्। तर मन्त्रालय हेरफेर हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
आन्तरिक मामिलामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन्।




-1790252522.jpg)




-1790252522.jpg)

