देशभर लगातार झरी, आज रातभरि पनि झरी पर्ने
काठमाडौं, जेठ १४ : काठमाडौं उपत्यका सहित देशभरका अधिकांश ठाउँमा लगातारको झरी परिरहेको छ ।केहि क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन...
काठमाडौं, जेठ १४ : काठमाडौं उपत्यका सहित देशभरका अधिकांश ठाउँमा लगातारको झरी परिरहेको छ ।
केहि क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ । अधिकांश ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविदहरुले जानकारी दिएका छन् ।
इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ । यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
गएको बुधवार देखि लगातार जसो परेको झरी शनिवार भने रोकिने पूर्वानुमान गरिएको छ । उपत्यकामा भोलि बिहान देखि नै पानी पर्न रोकिने सम्भावना रहेको बताईएको छ । अन्य क्षेत्रमा भने दिउँसो पछि मात्र वर्षा रोकिने छ ।
प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

