भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
बाँके, जेठ १३ : भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।बिहीबार कोरोना संक्रमित ५४ वर्षीय...
बाँके, जेठ १३ : भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।
प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू तीन जनालाई पक्राउ गरेको थियो। शुक्रबार तिनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो।
कोरोना संक्रमित विरामीको मृत्यु भएपछि उनीहरुले डिउटीमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी हातपात गरेका थिए। डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए।
घटनापछि भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राती सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको छ।




-1790252522.jpg)




-1790252522.jpg)

