ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण दण्डनीय : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएका आक्रमण दण्डनीय रहेको बताएका छन् ।
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएका आक्रमण दण्डनीय रहेको बताएका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीमाथि हुने आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हुने आक्रमणसरह दण्डनीय हुने बताए ।
पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोजको व्यवस्थापन गरिने उनले बताए । पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्थापन गर्ने उनको दाबी छ ।
अनुदानमा ३२ लाख २८ हजार र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले जानकारी दिए ।
अर्को प्रसंगमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारमा सहभागी हुन सबै दललाई उनले आग्रह गरे । आफूले लोकतान्त्रिक प्रणालीबाट निर्वाचन घोषणा गरेको उनले दाबी गरे ।
प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

