Kathmandu Press

बर्खास्तीमा परे युभेन्ट्सका प्रशिक्षक पिर्लो

काठमाडौं, जेठ १४ : इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आद्रे पिर्लोलाई बर्खास्त गरेको छ। यो सिजन खराब प्रदर्शन गरेपछि युभेन्ट्सले मुख्य प्रशिक्षक पिर्लोलाई बर्खास्त...
बर्खास्तीमा परे युभेन्ट्सका प्रशिक्षक पिर्लो

काठमाडौं, जेठ १४ : इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आद्रे पिर्लोलाई बर्खास्त गरेको छ। यो सिजन खराब प्रदर्शन गरेपछि युभेन्ट्सले मुख्य प्रशिक्षक पिर्लोलाई बर्खास्त गरेको हो।

यो सिजन युभेन्ट्स ९ वर्षपछि सिरिए उपाधि जित्न असफल भएको थियो । उसले लिग चौथो स्थानमा सकाएको थियो । 

अघिल्लो सिजनको सुरुवातमा माउरिसियो सारीलाई बखास्र्त गर्दै युभेन्ट्सले पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

पिर्लोको प्रशिक्षणमा युभेन्ट्सले ५२ खेल खेल्यो, त्यसमा ३४ जित, १० बराबरी र ८ हारको सामाना गर्‍यो । पिर्लोको प्रशिक्षमा युभेन्ट्सले कोपा इटालिया र सुपर कोपा इटालियानाको उपाधि जित्यो ।

पिर्लोर्लो बर्खास्त गरेसँगै युभेन्ट्सले प्रशिक्षकका रुपमा पुनः मासिमिलिआनो एलेग्रीलाई नै फर्काएको छ। एलेग्रीले सन् २०१९मा युभेन्ट्स छाडेका थिए । त्यसयता क्लबले निरन्तार खराब प्रदर्शन गरेपछि युभेन्ट्सले एलेग्रीलाई फर्काएको हो।

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्