पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको व्यवस्था जसरी पनि गरिन्छ : प्रधानमन्त्री
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने विश्वास व्यक्त गरेका छन्।आज (शुक्रबार)...
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने विश्वास व्यक्त गरेका छन्।
आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन्। उनले खोप लाउन बाँकी सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
सम्बोधनका क्रममा उनले नेपालमा अनुदानका रूपमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइसकिएको जानकार दिए।
सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल कोभिसिल्ड उपलब्ध गराउन नसक्ने जानकारी दिएसँगै नेपालको पहिलो डोज खोप पाएका ज्येष्ठ नागरिकको दोस्रो डोजको अभियान अन्योलमा परेको छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट उनीहरूले राहतको महसुस गर्नेछन्।
प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

