एकैदिन ९८४१ संक्रमणमुक्त, ६९५१ लाई कोरोना
पछिल्लो २४ घण्टामा कोरोनाबाट ९६ जनाको मृत्यु भएको छ र ६९५१ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, जेठ १४ :पछिल्लो २४ घण्टामा ९८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । याे संख्या संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ।
प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

