Kathmandu Press

कोरोना खोप खरिदका सन्दर्भमा १५ दिनभित्र ‘ब्रेक थ्रु’ हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, जेठ १४ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदकालागि चीन र अमेरिकासँग कूटनीतिक पहल भइरहेको बताएका छन्। छलफल सकारात्मक दिशामा अघि बढेकाले...
कोरोना खोप खरिदका सन्दर्भमा १५ दिनभित्र ‘ब्रेक थ्रु’ हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, जेठ १४ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदकालागि चीन र अमेरिकासँग कूटनीतिक पहल भइरहेको बताएका छन्। छलफल सकारात्मक दिशामा अघि बढेकाले केही दिनमै महत्वपूर्ण निर्णय हुने जानकारी दिए।

स्वास्थ्य पत्रकार मञ्चद्वारा शुक्रबार आयोजित कोभिड-१९ विरुद्धको खोपको विषयक भर्चुअल छलफलमा आफ्नो धराणा राख्दै मन्त्री ज्ञवालीले अबको १०/१५ दिनभिभित्रै खोपबारे ‘ब्रेक थ्रु’ हुने दाबी गरे। 

चीन र अमेरिकाबाहेक रुस र बेलायतलाई पनि खोपका लागि पत्राचार गरिसकिएको उनले बताए ।  ‘यी चार राष्ट्रलाई खोपका लागि हामीले पत्राचार गरिसकेका छौंं तर चीन र अमेरिकामा बढी केन्द्रित भएर काम गरिरहेका छौं,’ उनले भने।

मन्त्री ज्ञवालीले चीनले हालसम्म ५० करोड जनसंख्यालाई खोप लगाइसकेको र ९० देशलाई खोप उपलब्ध गराएको जानकारी दिए। अमेरिकासँग पनि ६ करोड अस्ट्रजेनेका खोप स्टकमा रहेको उनको भनाइ थियो। 

यसकारण चीन र अमेरिकासँग खोप खरिदका लागि जोड दिइएको उनले बताए।

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्