सुटिङकी कल्पनाले वाइल्डकार्डमार्फत टोकियो ओलम्पिक खेल्ने
काठमाडौं, जेठ १४ : सुटिङ खेलाडी कल्पना परियारले जापानमा आयोजन हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । शुक्रबार ओलम्पिक कमिटीले कल्पनालाई वाइल्डकार्ड दिएपछि...
काठमाडौं, जेठ १४ : सुटिङ खेलाडी कल्पना परियारले जापानमा आयोजन हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । शुक्रबार ओलम्पिक कमिटीले कल्पनालाई वाइल्डकार्ड दिएपछि उनको टोकिटयो ओलम्पिक यात्रा निश्चित भएको हो।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्यले कल्पनाले वाइल्डकार्ड प्राप्त गरेको बताए । उलने ओलम्पिक कमिटी र नेपाल सुटिङको प्रयास पछि कल्पनाले वाइल्ड कार्ड पाउन सफल भएको बताए ।
टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गर्ने पहिलो खेलाडी कल्पनाले टोकियो ओलम्पिकमा १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् ।
जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ओलम्पिकमा कल्पनासँगै पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्कीले सहभागीता जनाउने छन् ।
प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











