शुभतारा स्कुल बन्द गर्ने संस्थापनको निर्णय, विकल्पमा न्यु मिलिनियम रोज्न सुझाव
ललितपुर, जेठ १४ : अत्यन्त सुविधान सम्पन्न विद्यालयमा गनिने शुभतारा स्कुल पूर्ण रुपमा बन्द हुने भएको छ।ललितपुरको लामाटारमा रहेको विद्यालयले हिजो (बिहीबार) अभिभावकहरुलाई...
ललितपुर, जेठ १४ : अत्यन्त सुविधा सम्पन्न विद्यालयमा गनिने शुभतारा स्कुल पूर्ण रुपमा बन्द हुने भएको छ।
ललितपुरको लामाटारमा रहेको विद्यालयले हिजो (बिहीबार) अभिभावकहरुलाई इमेलमार्फत विद्यालय पूर्ण रुपमा बन्द गर्न लागिएको औपचारिक जानकारी गराएको हो। विद्यालय बन्द गर्नुको कारण आर्थिक संकट भनिएको छ।
विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले सोमबार नै विद्यालय बन्द हुने अनौपचारिक जानकारी गराएकी थिइन्। सोही सन्दर्भमा आयोजित भर्चुअल बैठकमा शिक्षक तथा अभिभावकहरूले सकेको सहयोग गर्न तयार रहेको भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका थिए।
कतिपय अभिभावकले शुल्क नतिर्दा आर्थिक संकट परेको कारण देखाए जसरी पनि बन्द गर्ने मनशाय रहेका रहेका कारण यस्तो अवस्था आएको एक अभिावकको दाबी छ।
विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यु मिलिनियम स्कुलसँग शुभतारालाई मर्ज गर्ने सम्झौता भएकाले त्यहाँ लगेर पढाउन सकिने भनी इमेलेमा प्राप्त पत्रमा उल्लेख भएको अभिभावकको भनाइ छ। आर्थिक संकटका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था पुगेको र संस्थापनले विद्यालय बन्द गराउने लागेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय बन्द हुने भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै अन्योलमा परेका छन्। अहिले सो विद्यालयमा कक्षा १ देखि १० सम्म ३ सय ६५ विद्यार्थीहरु अध्ययनरत छन्।




-1790252522.jpg)




-1790252522.jpg)

