संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकामा रिट निवेदकका कानून व्यवसायीहरूको आपत्ति
सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई पनि राखिएकामा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा बहस गर्न उपस्थित अधिवक्ताहरूले आपत्ति जनाएका छन्।
काठमाडौं, जेठ १४ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई पनि राखिएकामा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा बहस गर्न उपस्थित अधिवक्ताहरूले आपत्ति जनाएका छन्।
शुक्रबार भएको बहसका क्रममा अधिवक्ताहरूले अहिलेको राजनीतिक संकट उत्पन्न हुनुमा न्यायाधीश श्रेष्ठ पनि जिम्मेवार रहेको आरोप लगाउँदै संवैधानिक इजलासमा उनलाई राख्न नहुने अडान लिएका थिए।
महान्यायाधीवक्ता रमेश बडालले भने न्यायाधीश श्रेष्ठ नै संवैधानिक इजलासमा रहनुपर्ने जिकिर गरेका थिए।
न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको इजलासले २३ फागुनमा तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग दल हुने फैसला दिएको थियो । सोही कारण अहिलेको राजनीतिक अन्योल उत्पन्न भएको र त्यसको दोषी न्यायाधीश श्रेष्ठ रहेको जिकिर गर्दै अधिवक्ताहरूले संवैधानिक इजलासबाट उनलाई हटाउन माग गरेका थिए ।
रिटहरूमाथि शुक्रबार कुनै आदेश भएन। आइतबारलाई 'हेर्दाहेर्दै'मा सुनुवाइ तोकिएको छ।




-1790252522.jpg)




-1790252522.jpg)

