भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय
काठमाडौं, जेठ १४ : बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने गृह मन्त्रालयले प्रतिबद्धता जनाएको छ । भेरी अस्पतालमा बिहीबार राति भएको...
काठमाडौं, जेठ १४ : बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने गृह मन्त्रालयले प्रतिबद्धता जनाएको छ । भेरी अस्पतालमा बिहीबार राति भएको स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेहरुलाई तत्काल नियन्त्रण लिएर कानुनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको हो।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने कार्य गैरकानुनी र गैरजिम्मेवार भएको उल्लेख गर्दै सो घटनामा संलग्नलाई तत्काल कारबाही गरिने उल्लेख गरेको छ।
‘हाम्रो साझा शत्रुका रुपमा देखापरेको कोभिड १९ को रोकथाम र विरामीको उपचारको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको सबैले प्रसंशा गर्नुपर्छ । यसबीचमा देशका विभिन्न अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि बिरामीका आफन्तहरुबाट दुव्र्यवहार भएको, अस्पतालभित्र तोडफोड भएको र स्वास्थ्यकर्मीहरुलाई अनावश्यक दबाब दिनेजस्तो क्रियाकप भइरहेको जानकारीमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार राति भेरी अस्पतालको कोभिड वाडमा उपचारत विरामीको मृत्यु भएको विषयलाई लिएर वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात भएको र भौतिक आक्रमण भएको समबन्धमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ।’
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।
सो घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय समिति पनि गठन गरिएको छ।





-1790252522.jpg)




-1790252522.jpg)

