Kathmandu Press

एउटा रिटका लागि बहस समय १० मिनेट तोकियो

काठमाडौं, जेठ १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। सो इजलासमा आज (शुक्रबार) ३० वटा रिटको सुनुवाइ...
एउटा रिटका लागि बहस समय १० मिनेट तोकियो

काठमाडौं, जेठ १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आज (शुक्रबार) ३० वटा रिटको सुनुवाइ हुँदैछ।

न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको उक्त इजलासमा यतिखेर वकिलहरूले बहस गरिरहेको अवस्था छ। 

एउटा रिटमा बहस गर्न वकिलहरूलाई १० मिनेटको समय छुट्टयाइएको छ। कुनै रिटमा एकै वकिलले मात्र १० मिनेट वा दुई/तीन वकिल मिलेर जम्मा १० मिनेट बहस गर्न पाइने व्यवस्था मिलाइएको छ।

हिजो (बिहीबार) प्रधानन्यायाधीश राणाले  संवैधानिक इजलासमा दर्ता नभएका १९ मुद्दालाई पनि संवैधानिक इजलासमा पठाएका थिए। आज सुरूमा संवैधानिक इजलासमा दर्ता भएका ११ रिटको सुनुवाइ हुने बताइउको छ। 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्