चिकित्सकमाथि कुटपिट भएको घटनाको छानविन गर्न समिति गठन
बाँके, जेठ १४ : भेरी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ। शुक्रबार बसेको सरोकारवाला निकायको बैठक बिहीबार भेरी अस्पतालमा चिकित्सकमाथि...
बाँके, जेठ १४ : भेरी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ।
शुक्रबार बसेको सरोकारवाला निकायको बैठक बिहीबार भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको अध्यक्षतामा समिति गठन गरेको हो ।
सहायक प्रजिअको नेतृत्वमा गठन भएको सात सदस्यीय समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि राखिएको छ । समितिलाई तीन दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ।
उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएका मृतका आफन्तले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेका थिए।
अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएका थिए । उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि मृतका आफन्तले उनीहरुले आक्रमण गरेका थिए।




-1790252522.jpg)




-1790252522.jpg)

