Kathmandu Press

संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।
संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, चैत १४ : संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । 

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

जेठ ७ गते मध्यराति विघटित संसद् पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर भएका छन् । १९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए। 

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ । उक्त रिट शुक्रबारको दैनिक पेशी सूचीको आठौँ नम्बरमा तोकिएको छ ।

वैकल्पिक प्रधानमन्त्रीमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् ।


 

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्