Kathmandu Press

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, जेठ १४ : बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  पक्राउ पर्नेमा...
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, जेठ १४ : बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् ।  

उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।  

अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । 

प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्